सेभेन ए साइड फुटबलमा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन

मनिष बने सर्वाेत्कृष्ट

पाेखरा | असार ९, २०८२

सेभेन ए साइड फुटबलमा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन

पोखरा विश्वविद्यालय कानून समाजद्वारा आयोजित ‘प्रथम अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगिता’मा पृथ्वीनारायण क्याम्पसको बिएएलएलबी टिम ‘ए’ च्याम्पियन बनेको छ ।

 

पोखरा विश्वविद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा गण्डकी विश्वविद्यालयलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगितामा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै पिएन क्याम्पसले नगद रु २२ हजार २ सय २२को साथमा शिल्ड तथा मेडल प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको गण्डकी विश्वविद्यालयले  नगद रु ११ हजार १ सय ११ को साथमा शिल्ड तथा  मेडल  हात पार्याे ।

 

उक्त फाइनल खेलमा मनिष चौधरीले २ गोलको योगदान दिए भने, सिद्धान्त बोटे र भुवन सिं शेर्माले समान १/१ गोल गरे ।

 

 

सो प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडीका रुपमा मनिष चौधरी घोषित हुँदै नगद रु ५ हजार बराबरको स्वास्थ्य परिक्षणको भौचर र मेडल प्राप्त गरे ।

 

पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको नेतृत्वमा बनेको पिएन क्याम्पस बिएएलएलबीको टिमको प्रशिक्षकमा फुटबलर अञ्जन देवकोटा रहेका थिए ।

 

सो प्रतियोगितामा पोखरा विश्वविद्यालय समूह (क), पोखरा विश्वविद्यालय समूह (ख) गण्डकी विश्वविद्यालय समूह, पृथ्वीनारायण क्याम्पस समूह (क) र पृथ्वीनारायण क्याम्पस समूह (ख) गरी कुल ५ टिमको सहभागिता रहेको थियो ।

 

 
 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्